वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संसद विघटनसँगै सुशीला कार्कीले आजै सपथ लिने कार्यक्रम

अर्थटुडे
२०८२ भाद्र २७, शुक्रबार

काठमाडौं । देशभर फैलिएको जेनजी आन्दोलनको तीव्र दबाबका बीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ । राजनीतिक दलहरूबीच शुक्रबार दिनभर चलेको बहसपछि अन्ततः संसद् विघटन गर्ने र कार्कीलाई नेतृत्व लिने निष्कर्षमा पुगेको हो ।

कार्कीले आज बेलुकी ९ बजे शपथ लिने तयारी भएको छ । शीतलनिवासमा अहिले संसद् विघटनको मस्यौदा र प्रधानमन्त्री नियुक्तिपत्र तयार हुँदैछ ।

दलहरूले प्रारम्भमा संसद्भित्रकै बाटो खोज्ने प्रस्ताव राखे पनि कार्कीले संसद् कायम राखेर सरकार चलाउन अस्वीकार गरेपछि अन्ततः विघटनमै सहमति भएको हो । यसअघि प्रधानसेनापति अशोकराज सिग्देलले संकटकाल घोषणा गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका थिए, जसले सहमतिमा पुग्न थप दबाब सिर्जना गर्‍यो ।

कांग्रेस, एमाले र माओवादीसहितका दलहरूले जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्दै नयाँ सरकार बनाउन सहमति जनाएका छन् । यससँगै नेपाल अब नयाँ राजनीतिक व्यवस्थातर्फ अघि बढ्ने संकेत देखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ