काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स) ले १०७ कमपनीलाई मात्र ‘क’ वर्गमा सुचिकृत गरेको छ । यसअघि १३१ वटा कम्पनीहरुलाई नेप्सेले ‘क’ वर्गमा सुचिकृत गरेको थियो । नेप्सेले २४ वटा कम्पनी घटाएको छ ।
चुक्ता पुँजी कम्तिमा २ करोड भएको, साधारण सेयरधनीहरुको संख्या कम्तिमा एक हजार भएको, कम्तिमा तीन वर्ष देखि लगातार मुनाफामा रहेको, सेयरको किताबी मुल्य चुक्ता मुल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको छ महिना भित्र उक्त आर्थिक वर्षको कारोबार तथा आय–व्यय विवरण पेश गरेको कम्पनीहरुलाई मात्र नेप्सेले ‘क’ वर्गमा सुचिकृत गरेको छ ।
ति विवरणहरु पेस नगरेको कम्पनीहरुलाई भने नेप्सेले ‘क’ वर्गबाट हटाएको छ । नेप्सेले प्रभू बैंकलाई भने ‘क’ वर्गबाट हटाएको छ । नेप्सेले प्रेस विज्ञप्ती जारी गर्दै ‘क’ वर्गमा २६ वाणिज्य बैंक, १७ बीमा कम्पनी, ४५ विकास बैंक, १७ फाइनान्स, तीन जलविद्युत कम्पनी, एउटा होटल र अन्य समुहको एक कम्पनी ‘क’ वर्गमा सुचिकृत भएका छन् ।
धितोेपत्र सूचिकरण विनियमावली, २०५३ को विनियम १४ को उपविनियम ९२० ले व्यवस्था गरेको व्यवस्था अनुसार नेप्सेले कम्पनीहरुलाई ‘क’ वर्गमा सुचिकृत गर्दै आएको छ ।
प्रतिक्रिया