वि.सं. २०८२ आश्विन १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चुनावी घोषणाको रौनक लागेन सेयर बजारमा, ७.५४ अंकले घट्यो बजार

अर्थटुडे
२०७३ फाल्गुन १०, मंगलवार

काठमाडौं । स्थानीय निकायको निर्वाचनको घोषणासँगै सेयर बजार उकालो लाग्ने विश्लेषण गरिएपनि मंगलबार त्यस्तो देखिएन ।  मंगलबार नेप्से परिसूचक ७.५४ अंकले घटेर १३५७.५७ अंकमा आइपुगेको छ ।

यसदिन सवैभन्दा बढी विमा समूहको परिसूचक १३८.०८ अंकले घट्यो भने वाणिज्य बैंक ५.५, जलविद्युत १०.३२, बित्त कम्पनी ८.३८ र अन्य समूह ०.२९ अंकले घट्यो । होटल समूह १४.२८ अंक, विकास बैंक समूह २.७८ र उत्पादनमूलक २.५६ अंकले बढेको छ ।

मंगलबार १३७ कम्पनीको १० लाख ९३ हजार १ सय ९८ कित्ता सेयर ६० करोड ४३ लाखमा किनबेच भयो ।

यसदिन बैंक अफ काठमाण्डू लुम्बिनी, नबील बैंकको प्रोमोटर सेयर ,प्रभूू बैंक, नेपाल लाइफ, लगायतका कम्पनीहरुको धेरै कारोबार भएको छ ।

त्यस्तै यसदिन धेरै आइएलएफसी माइक्रो फाइनान्सका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा कमाएका छन् । यसदिन कमाउने कम्पनीहरुमा एक्सल डेभलपमेन्ट बैंक पनि परेको छ । धेरै गुमाउने कम्पनीहरमा सेती फाइनान्स, प्राइम लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरु रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ