सरकारले समस्गाग्रस्त सहकारीहरुमा रहेको सर्वसाधारणको ५ लाखसम्मको बचत फिर्ता गर्नका लागि चक्रिय कोष स्थापना गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै चक्रिय कोष स्थापना गर्न सरकारले विउँपुँजी व्यवस्था गर्ने बताए । तर, यसका लागि कति रकम छुट्याइएको भन्नेबारेमा जानकारी दिएनन् ।
यस्तै सहकारीको पनि ५ लाखसम्मको बचत निक्षेप तथा कर्जा सुरक्षण कोषमा सुरक्षण गर्ने घोषणा गरे ।
सहकारीको वर्गिकरण, एकिकरणको साथै बचत तथा ऋण सहकारीको नियमनलाई सहकारी नियमन प्राधिकरणमार्फत प्रभावकारी बनाउने अर्थमन्त्रीले घोषणा गरे ।
प्रतिक्रिया