वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रेमिट्यान्समा नयाँ इतिहास

दुई महिनामा साढे ३ खर्ब भित्रियो

दुई महिनामा साढे ३ खर्ब भित्रियो
अर्थटुडे
२०८२ आश्विन २८, मंगलवार

काठमाडौ । चालु आर्थिक बर्षको पहिलो दुई महिनामा नै नेपाल भित्रने रेमिट्यान्सले इतिहास रचेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२÷८३ को दुई महिनामा नेपालमा ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो ।

यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ३३.१ प्रतिशतले वृद्धि हो । नेपालबाट विदेशमा काम गर्न जानेको संख्यामा बृद्धिभएसँगै नेपालमा भित्रने रेमिट्यान्समा पनि बृद्धि भएको हो । साथै पछिल्लो समयमा नेपाली रुपैयाँमा आएको गिरावटका कारण पनि नेपाल भित्रने रकममा बृद्धि भएको हो ।

गत आर्थिक बर्षको पहिलो दुई महिनामा एक खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । भदौ महिनामा मात्र १ खर्ब ७४ हर्ब ६७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको थियो ।

राष्ट्र बैंकका अनुसार गत दुई महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार ५८३ रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?