वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उदार बन्दै सरकार अब विदेशमा पनि लगानी गर्न पाउने

अर्थटुडे
२०८२ जेष्ठ १५, बिहीबार

काठमाडौं । सरकारले नेपाली उद्योगहरुलाई विदेशमा लगानी गर्न दिने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको लागि बजेट प्रस्तुत गर्दै नेपाली निर्यातकलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने व्यवस्था गरेको जानकारी दिए ।

अहिलेसम्म नेपालबाट विदेशमा लगानी गर्न दिने व्यवस्था भने थिएन । यो व्यवस्थासँगै सरकारले ठूलो चुनौतिको सामना गर्नुपर्ने देखिन्छ । नेपालबाट विदेशमा विक्री वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना निर्माण गर्न अनुमति दिइनेछ । यसका लागि निर्यातबाट हुने २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिने छ,’ मन्त्री पौडेलले घोषणा गरे ।

विदेशमा गरेको लगानीबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिने पनि उनले बताए । विदेशमा गरिने लगानी स्वीकृति लगानी बोर्डले गर्ने उनले बताए ।

हालसम्म नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध छ । हालै सरकाले अध्यादेशमार्फत आईटी कम्पनीहरुलाई विदेशमा लगानी गर्न दिने व्यवस्था गरेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ