शाठमाडाै । सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकाे छ । विहिबार अर्थमन्त्री विष्णु प्रसाद पाैडेलले संघिय संसदकाे दुवै सदनमा बजेट साे रकम बराबरकाे बजेट पेश गरेका हुन् । यो बजेट गत बर्षको तुलनामा ५.६ प्रतिशतले बढी हो भने संशोधित बजेटको तुलनामा १८.२ प्रतिशत बढी हो ।
विनियोजित बजेटमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड तथा वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च हुनेछ ।
यो खर्चमध्ये १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्वमार्फत्, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करो र वैदेशिक ऋणमार्फत् २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ जुट्नेछ । बाँकी ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण लिएर बजेट बजेट घाटा पूर्ति गरिने अर्थमन्त्री पौडेलले बताए ।
प्रतिक्रिया