वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समस्याग्रस्त सहकारीको १० प्रतिशत मात्र बचत फिर्ता

अर्थटुडे
२०८२ असार २२, आईतवार

काठमाडौं । संघिय सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समिति चालु आर्थिक वर्ष २०८१÷८२ को असार १५ गतेसम्ममा समस्याग्रस्त सहकारीका बचतकर्ताको करिब १० प्रतिशत मात्र बचत फिर्ता गरेको छ ।

संघिय सरकारले समस्याग्रस्त घोषणा गरी समितिको जिम्मा लगाएका २३ ओटा सहकारीहरुबाट ३८ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ दावी परेकोमा हालसम्म ३ अर्ब ७१ करोड ६६ लाखरुपैयाँ फिर्ता तथा मिलान गरेको छ । समितिले चालु आर्थिक वर्षको असार १५ गतेसम्म मात्रै २ अर्ब ८८ करोड रुपैयाँ फिर्ता तथा मिलान गरेको आइतबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ ।

समस्याग्रस्त सहकारीहरुबाट अझै ३४ अर्ब ७१ करोड ३० लाख रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ । विगतमा समितिमा कर्मचारीको अभाव भएकाले प्रभावकारी काम गर्न नसकेको र पछिल्ला दिनहरुमा संचालक, व्यवस्थापकको नाममा रहेको चल÷अचल सम्पत्तिको खोजी गरी अचल सम्पत्तिको रोक्का गर्ने कार्य भएको र मूल्याङ्कन गरी लिलामीको प्रकृयालाई तिव्रता दिइएको अध्यक्ष श्रीमण कुमार गौतमले बताए ।

समितिले हालसम्म ३ वटा संस्थाको मागदावी राफसाफ गरिसकेको र चालु आव भित्र थप २ सहकारी संस्थाको हिसाव राफसाफ गर्ने गौतमले जानकारी दिए । पछिल्लो समय संस्थाले सर्वसाधारणको बचत रकम र तेस्रो पक्षको सम्पतिबाट समेत मिलान गर्न सुरु गरेको र यसबाट फिर्ताको क्रम बढेको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ