काठमाडौ । कालो सुचिमा पर्ने सहकारीहरुको संख्या तीनसय भन्दा बढी भएको छ । कर्जा सूचना केन्द्रको २०८२ साउन ५ गतेसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूले समयमा कर्जा नतिर्ने सहकारीहरूलाई उनीहरुको सिफासिरमा कालो सूचिमा राख्ने गर्दछ ।
केही सहकारी पहिलो पटक कालोसूचीमा परेका छन् भने केही पटक–पटक परेका छन् ।बैंक तथा वित्तीय संस्थाहरूले निवेदन गरेको आधारमा उक्त संख्याका सहकारीलाई केन्द्रले कालो सूचीमा राखेको हो ।
त्यस्तै बचतकर्तालाई दिएको चेक नसाटिदा पनि त्यस्ता सहकारीलाई केन्द्रले कालो सूचीमा राख्ने गर्दछ । सहकारीहरुलाई युवा तथा साना ब्यबसायी स्वरोजगार कोष, राष्ट्रिय सहकारी बैंक, थोक कर्जा प्रदाय लघुवित्त वित्तीय संस्था, बैंक तथा वित्तीय संस्था, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय लगायतका निकायहरुले कालो सूचीमा राख्नको लागि केन्द्रलाई सिफारिस गर्दछ । सोही सिफारिसको आधारमा केन्द्रले कालो सूचीमा राख्ने गर्दछ ।
प्रतिक्रिया