वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकहरूको अवस्था : पैसा छ तर ऋण दिन मिल्दैन 

अर्थटुडे
२०८२ श्रावण ११, आईतवार

काठमाडौ । चालु आर्थिक बर्ष सुरु भएसँगै बैंकहरुसँग तरलता फालाफाल देखिएको छ । आर्थिक वर्ष २०८१÷८२ को अन्त्यमा वाणिज्य बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७६ प्रतिशत रहेको छ । सिडि रेसियोबाट थाहा हुन्छ बाणिज्य बैंकहरुसँग अहिले अधिक तरलता रहेको छ ।

नेपाल राष्ट्रबैंकका अनुसार बैंकहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशत हो तर कर्जा प्रबाहमा कमी आएसँगै उनीहरुसँग पर्याप्त तरलता हुदा ७६ मा झरेको छ । जसका कारण बैंकहरुको लागत बढीरहेको छ । गत आर्थिक बर्षमा मात्र बाणिज्य बैंकहरुले ७ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन र ४ खर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् ।

२०८२ असार मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले कुल ५७ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४५ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन्। गत आवभरिमा सबैभन्दा बढी ७० दशमलब १६ प्रतिशतले ग्लोबल आईएमई बैंकको निक्षेप बढेको छ भने एनआईसी एसिया बैंकको निक्षेप ३६ दशमलब ०५ प्रतिशतले घटेको छ।

कर्जा लगानीमा पनि ग्लोबल आईएमई बैंक नै आक्रामक देखिएको छ। बैंकको कर्जा लगानी अघिल्लो आवको असार मसान्तको तुलनामा ४९ दशमलब ८६ प्रतिशतले बढेको छ । यता कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र एनआईसी एसिया बैंकको कर्जा लगानी भने गत वर्षको तुलनामा घटेको छ। वाणिज्य बैंकहरुको औसत सीडी रेसियो २०८२ असार मसान्तसम्ममा आउँदा ७६.१८ प्रतिशत मात्र छ।

गत आवको अन्त्यमा १४ बैंकको सीडी रेसियो ८० प्रतिशतभन्दा कम छ भने बाँकीको ८० देखि ९० प्रतिशतको बीचमा छ। सीडी रेसियो सबैभन्दा बढी प्राइम कमर्सियल बैंकको ८३.३९ प्रतिशत र सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको ६२.५९ प्रतिशतमात्र छ।

राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक गरी तीन वटा बैंकका सीडी रेसियो ७० प्रतिशतभन्दा कम छ ।

आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले साबिकको ८५ प्रतिशत सीसीडी रेसियो खारेज गरी सीडी रेसियो लागु गरेको थियो। अर्थात्

चालु आवको मौद्रिक नीतिमार्फत गभर्नर विश्व पौडेलले पुँजी बढाउन आवश्यक बैंकहरुलाई पुँजी बढाउन सहजीकरण गरिदिने बताएका थिए ।

मौद्रिक नीतिको यो बुँदालाई धेरैले हकप्रद शेयर निष्काशन गर्न दिने भन्ने रुपमा बुझेका छन्। सीडी पर्याप्त रहेपनि पुँजीकोषमा दबाब रहेका कारण अहिले बैंकहरुमा तरलता फालाफाल भएपनि कर्जा प्रवाह गर्न सकिरहेका छैनन्।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ