काठमाडौं । लामो समयसम्म अन्योल र विवाद रहेका भूमिसम्बन्धी विधेयक आज विहिबार समितिबाट पारित भएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बहुमतको साथ यो विधेयक पारित गरेको हो ।
अब यो विधेयक संघीय संसद्मा पेश हुनेछ । यस संशोधनले हदबन्दी छुट प्राप्त जग्गामा बनेका घर वा अपार्टमेन्टहरू बिक्री गर्न अनुमति दिने व्यवस्था गरेको छ । दुई ठाउँमा जग्गा हुने अव्यवस्थित बसोबासीले एक ठाउँमा मात्रै जग्गा पाउने गरी भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संसदीय समितिबाट पास भएको छ ।
विधेयक अझै संसद् (प्रतिनिधि सभा–राष्ट्रिय सभा) को पूर्ण प्रक्रिया र राष्ट्रपतिको प्रमाणीकरणपछि लागू हुनेछ । यो विधेयक अन्तर्गत हदबन्दी छुट प्राप्त जग्गामा घडेरी, आवास वा अपार्टमेन्ट निर्माण र बिक्री गर्ने प्रावधानले सत्ता गठबन्धनभित्र समेत विवाद ल्याएको थियो । भूमि ऐन २०२१ लाई २०७६ सालमा संशोधन गरेर तत्कालीन सरकारले घरजग्गा व्यवसाय गर्नका निम्ति हदबन्दीभन्दा बढी जग्गा लिन पाउने प्रावधान खुला गरेको थियो ।
यस्तो छ भूमि विधेयक प्रतिवेदन:
प्रतिक्रिया