वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोशी प्रदेशले स्टार्टअप उद्यमीहरुसँग सहकार्य गर्ने

अर्थटुडे
२०८२ भाद्र ६, शुक्रबार

विराटनगर । लगानी खोज्ने र लगानी गर्न चाहने बीच व्यवसायीक सम्वन्ध स्थापित गर्ने उद्देश्यले विराटनगरमा एन्जल ईन्भेष्टर्स नेटवर्क (वेन) को स्थापना गरिएको छ । उद्योग संगठन मोरङको नेतृत्वमा सम्भावित लगानीकर्ताहरुको पुल वनाई नवप्रवर्तमान आधारित उद्यम व्यवसायमा लगानीको आवश्यकतामा साझेदार गर्ने उद्देश्यले आइडिया टु ईम्पयाक्टको नाराका साथ यो कम्पनी स्थापना भएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल मै पहिलो पटक प्रारम्भ गरिएको यस कार्यक्रमलाई थप टेवा पु¥याउन कोशी प्रदेश सरकारले हातेमालो गर्ने प्रतिवद्धता जनाए । प्रदेश सरकारले भर्खरै लगानी सम्मेलन आयोजना गरि लगानीकर्ताहरुलाई आव्हान गरिरहेको पृष्ठभूमिमा स्थापना भएको यो कम्पनीले कोशी प्रदेश लगानीका प्रचुर सम्भावना भएको क्षेत्र पुनः पुष्ठि गरेको वताए ।

मुख्यमन्त्री कार्कीले नवप्रवर्तनमा स्टार्टअप उद्यमीहरुलाई खोजी गर्ने, लगानीका लागि योग्य वनाउने र लगानीकर्ताहरु माझ प्रस्तुत गर्ने सम्मको विस्तृत प्रकृयामा संगठनको स्टार्टआप एण्ड इन्क्यूवेशन कार्यक्रमलाई कोशी प्रदेश सरकारले अपनत्व ग्रहण गर्दै सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रस्तुत गरिएका ९ वटा स्टार्टअप कम्पनीहरुको प्रस्तुतीकरण रहेको थियो ।

संगठनका अध्यक्ष नन्दकिशोर राठीले विगत पांच वर्ष देखि स्टार्टअपहरूसंग कार्यगर्दा सबैभन्दा ठूलो चुनौती वित्तीय स्रोतको अभाव रहेको पाईएको वताए ।
उनले लगानीकर्ताहरुलाई एकीकृत गर्दै एन्जल ईन्भेष्टर्स नेटवर्क नामक गैर नाफामूलक संस्था स्थापना गरेको वताए । उनले उक्त नेटवर्कले लगानीयोग्य परियोजनाहरू छनोट गरी लगानीकर्ता समक्ष प्रस्तुत गर्नुका साथै लगानीको खोजीमा रहेका स्टार्टअपहरूलाई लगानीका अवसर प्रदान गरी स्टार्टअपहरूका लागि वित्तीय पहुचको अवसर र लगानीकर्ताहरूका लागि नया व्यवसायमा लगानी गर्ने उपयुक्त वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ