वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सांस्कृतिक सम्पदा पदयात्राबारे सरोकारवालाहरुसँग छलफल

अर्थटुडे
२०८२ भाद्र ११, बुधबार
भक्तपुर । भक्तपुर नगरपालिकाले सांस्कृतिक सम्पदा पदयात्रा आयोजना गर्ने भएको छ ।
यस वर्ष पनि विगतका वर्षहरुमा झैं नगरपालिकाको आयोजनामा भदौ २२ गते हुने सांस्कृतिक सम्पदा पदयात्राबारे सरोकारवालाहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सम्पदा पदयात्रा, सांस्कृतिक प्रतियोगिता, सांस्कृतिक गुरु सम्मानलगायतका गतिविधिहरु सञ्चालन गर्दै आएको बताए। नगरपालिकाको आयोजनामा हुने सांस्कृतिक सम्पदा पदयात्रा सबैको साझा कार्यक्रम हो, यसलाई व्यवस्थित र सफल बनाउन सबैले आआफ्नो तर्फबाट साथ र सहयोगको अपेक्षासमेत रहेको बताए।
विश्व सम्पदा क्षेत्रमा सूचित नेपालका सम्पदाहरुको अवलोकन गर्न वर्षेनी लाखौं पर्यटकहरु नेपाल भित्रिने गरेको बताउँदै उनले भक्तपुरलाई संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउन नपाले जोड दिँदै आएको बताए। भक्तपुरका कला संस्कृति र चाडपर्वलाई नगरपालिकाले अझ व्यवस्थित गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्ने काम गर्दै आएको र भक्तपुरका सम्पदाहरुको पुनःनिर्माण सँगसँगै संरक्षणका कार्यलाई पनि अगाडि बढाएको बताए।
कार्यक्रममा भक्तपुर नगरपालिका पर्यटन सूचना तथा सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले सांस्कृतिक पदयात्राको सम्भावित रुट र कार्यक्रम आयोजनाको उद्देश्यबारे प्रष्ट पारे। कार्यक्रममा उपस्थित विभिन्न पर्यटन व्यवसायी प्रतिनिधिहरुले सवारी र शौचालय व्यवस्थापन गर्नुपर्ने, पथप्रदर्शकहरुलाई तालिम दिनुपर्ने, खाद्य स्टल र जीवन्त प्रदर्शन व्यवस्थापन गर्नुपर्नेलगायतका सुझावहरु राखे।
कार्यक्रममा भक्तपुर पर्यटन विकास समिति, होटल एशोसियसन भक्तपुर, भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर स्थानीय पर्यटन पथप्रदर्शक व्यवस्थापन समिति, पर्यटक प्रहरी, नेपाल आर्ट एण्ड काउन्सिल, भक्तपुर पर्यटन सद्भाव संघलगायतका संघ संस्थाबाट प्रतिनिधिहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ