वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दुई दिनभन्दा बढी अवरुद्ध मुग्लिन–नारायणगढ सडक आंशिक खुलेको घोषणा

अर्थटुडे
२०८२ आश्विन ५, आईतवार

काठमाडौं। निरन्तर वर्षापछि गएको पहिरोले दुई दिनभन्दा बढी अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड अन्ततः आइतबार साँझदेखि आंशिक रूपमा खुल्न थालेको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ तुइन खोला पुलनजिकै शुक्रबार साँझ खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएपछि सयौं सवारीसाधन र हजारौं यात्रु बीच बाटोमै अलपत्र परेका थिए ।

भरतपुर सडक डिभिजनका अनुसार पहिरो पन्छाउने कामलाई तीव्रता दिइएपछि आइतबार अपरान्ह करिब सवा चार बजेबाट एकतर्फी रूपमा सवारीसाधन चल्न दिएको हो। तर, माथिल्लो भागबाट ढुंगा र माटो झर्ने खतरा अझै कायम रहेको भन्दै यात्रु र चालकलाई उच्च सतर्कताका साथ यात्रा गर्न आग्रह गरिएको छ। सडक पूरै सुरक्षित नहुन्जेल सम्भावित जोखिमलाई ध्यानमा राख्दै अतिरिक्त सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ