काठमाडौँ । काठमाडौँ उपत्यकामा रहेका सरकारी कार्यालयका भवनहरूको निरीक्षण गर्दा ७२ वटा संरचना क्षतिग्रस्त भएको पाइएको छ । संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको प्रारम्भिक मूल्याङ्कन अनुसार, ती भवनहरूलाई रातो, पहेँलो र हरियो स्टिकरमार्फत वर्गीकरण गरिएको हो ।
परीक्षणमा १८ वटा भवन सामान्य क्षतिग्रस्त, ४६ वटा आंशिक क्षतिग्रस्त र ८ वटा भवन पूर्णरूपमा क्षतिग्रस्त रहेको पुष्टि भएको छ । कार्यालयका प्राविधिक टोलीहरूले संरचनागत अवस्थाको अध्ययन गरी रातो स्टिकर ९उच्च जोखिम०, पहेँलो स्टिकर ९मध्यम जोखिम० र हरियो स्टिकर ९सुरक्षित० तोकेका हुन् ।
प्राथमिक विवरणअनुसार, विशिष्ट पदाधिकारीहरूको कार्यालय र निवास भवनमा भने ठूलो क्षति नभएको देखिएको छ । तथापि, अन्य कार्यालय भवनमध्ये ४ वटा भवनलाई रातो स्टिकर, ९ वटा भवनलाई हरियो स्टिकर र ४२ वटा भवनलाई पहेँलो स्टिकर राखिएको छ ।
विशेषगरी सिंहदरबार क्षेत्रभित्रका ३९ भवनमध्ये १० सुरक्षित ९हरियो स्टिकर० र बाँकी २८ भवनलाई मध्यम जोखिम ९पहेंलो स्टिकर० श्रेणीमा राखिएको छ ।
प्रतिक्रिया