काठमाडौ । सेयर कर्जा सिमा हटेको छ । बुधबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिदै यसअघि लागु भएको २५ करोडको सेयर कर्जा सिमा हटाएको जनाएको छ ।
यसअघि अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको पूँजी बजार सुधार सुझाव कार्यदलले दिएको सुझाव कार्यान्वन गर्दै राष्ट्र बैंकले निर्देशन जारी गरेको हो ।
त्यस्तै बैंकहरूलाई सेयर खरिद बिक्रीमा पनि सहजीकरण गरिएको छ ।बैंकले सेयर खरिद गरेको एक वर्ष व्यतित भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था रहेकोमा यसलाई हटाइएको छ । जसका कारण अव बैंकहरुसँग सेयर बजारतिर लगानीगर्न केन्द्रित हुने जोखिम भने रहेको छ ।
त्यस्तै, सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा ६ महिनाभन्दा बढी अवधिको लागि बैंकले लगानी गर्न पाउने छन् । यसअघि १ वर्षभन्दा बढी
अवधिको लागि मात्रै लगानी गर्न पाउने व्यवस्था थियो ।
प्रतिक्रिया