काठमाडौं । नेपाल राष्ट्र बैंकले व्याजदर करिडोर कार्यान्वयनमा ल्याउने भएको छ । केन्द्रिय बैंकले बुधबारदेखि लागु हुने गरी व्याजदर करिडोर कार्यान्वयन गर्ने भएको हो । राष्ट्र बैंकको मंगलबार बसेको सञ्चालक समितिले बुधबारदेखि व्याजदर करिडोर कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । राष्ट्र बैंकले नै व्याजदर तोकेको छ । २ दिन अघिको बैंकहरुको अन्तर बैंक कारोबारको व्याजदरमा ०.०१ प्रतिशतले घटाएर करिडोरको व्याजदर निर्धारण गरिएको हो ।
व्याजदर करिडोरका लागि तोकिएको यो व्याजदर साउन महिनामा रिभर्स रिपो र ट्रेजरी विलमा राष्ट्र बैंकले दिएको व्याजभन्दा बढी हो । मंगलबार जारी गरेको ट्रेजरीको व्याजदर ०.१७ प्रतिशत कायम भएको थियो ।
करिडोर लागू भएपछि कुनै निश्चित सीमाभन्दा माथि र तल व्याजदर जाँदैन भन्ने ग्यारेन्टी हुन्छ । व्याजदर निश्चित दायरामा भएन भने अर्थतन्त्रमा ठूलो नोक्सनी हुने र देशले विगतदेखि नै त्यस्तो समस्या भोग्दै आएको र करिडोर लागू भएपछि, निक्षेपकर्ता, ऋणी र अर्थतन्त्र सबैलाई फाइदा पुग्ने छ । व्याजदरलाई स्थिर राख्ने उद्देश्यले राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा करिडोर कार्यान्वयन गर्ने घोेषणा गरेको थियो ।
तत्कालीन गभर्नर डा. युवराज खतिवडाले पहिलोपटक आर्थिक वर्ष २०६९र७० मा व्याजदर करिडोरको अवधारणा सार्वजानि गरेका थिए । तर, मौद्रिक उपकरण नहुँदा उनले करिडोरको कार्यान्वयन गर्न सकेका थिएनन् ।
प्रतिक्रिया