वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अपी पावर कम्पनीले लगानीकर्तालाई दुईसय प्रतिशत बोनस सेयर र पाँच प्रतिशत लाभांस समेत दिने प्रस्ताव साधारणसभामा लैजाने

अर्थटुडे
२०७३ श्रावण २७, बिहीबार

काठमाडौं । अपी पावर कम्पनीले लगानीकर्तालाई बोनस तथा नगद लाभांस बितरण गर्ने बताएको छ । विहिबार अपी पावर कम्पनीले सुचना प्रकाशित गरी साधारणसभाको आव्हान गरेको छ । सो साधारणसभामा बोनस सेयर र नगद लाभांसको विशेश प्रस्ताव लैजाने कम्पनीले जनाएको छ ।
उसले साधारणसभा प्रयोजनका लागि शेयरधनी पुस्तिका बन्द गर्ने मिति पनि तोकेको छ । कम्पनीले साधारण सभा तथा लाभांसका बारेमा नेपाल स्टक एक्स्चेञ्ज मार्फत सुचना बाहिर ल्याएको छ ।
अघिल्लो आर्थिक वर्षमा सर्वसाधारणमा शेयर जारी गरेर अहिले फेरी प्रति एक कित्ता बराबर २ का दरले हकप्रद शेयर निष्काशनको तयारीमा रहेको अपी पावरले लगानीकर्तालाई ५ प्रतिशत बोनस तथा शुन्य दशमलव २६३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो ।
कुनै पनि निकायबाट लाभांस प्रस्तावको स्वीकृति लिनु नपर्ने जलविद्युत कम्पनीहरुको स्वतन्त्रता अनुरुप उसले लाभांस प्रस्तावसंगै साधारण सभा र शेयर धनी पुस्तिका बन्द हुने मितिका सम्बन्धमा पनि निर्णय गरिसकेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले भदौ १८ गतेका लागि साधारण सभा आह्वान गरेको छ । साधारण सभा, बोनस तथा लाभांस प्रयोजनका लागि कम्पनीले शेयरधनी पुस्तिका भदौ १ देखि १८ गतेसम्म बन्द हुने जनाएको छ ।
बोन शेयर बितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैंया पुग्नेछ । प्रस्तावित १ बराबर २ कित्ता हकप्रद शेयरबाट २ अर्ब रुपैंया संकलन गर्नका लागि पनि कम्पनीले आफ्नो भए भरको क्षमताको प्रयोग गरि ५ प्रतिशत बोनस प्रस्ताव गरेको बुझाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ