काठमाडौं । गत आर्थिक वर्षमा राष्ट्रिय विमा संस्थानले १६ करोड ३७ लाख ९४ हजार खुद नाफा कमाएको छ । सस्थानको १२ करोड ४४ लाख ४० हजार रुपैंया चुक्ता पूँजी छ । भएको राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्षमा १६ करोड ३७ लाख ९४ हजार रुपैंया खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा १७ करोड ९१ लख ९० हजार रुपैंया खुद नाफा कमाएको कम्पनीको गत आर्थिक वर्षमा १ करोड ३० लाख रुपैंयाले खुद नाफामा गिरावट आएको हो ।
अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३१ करोड ७१ लख ५२ हजार रुपैंयाको जगेडा कोष अहिले ५० करोडले बढेर १ अर्ब ८१ करोड ८८ लाख ६५ हजार रुपैंयाको भएको छ । जीवन बीमा कोषमा ९५ करोड ८३ लाख ३५ हजार रुपैंया मात्र सञ्चित रहेको कम्पनीको व्यवस्थापन खर्च, अन्य खर्च बढ्नुका सार्थै अन्य आम्दानी शुन्यमा झरेका कारण खुद नाफा प्रभावित भएको हो ।
२६ करोड ७५ लाख ३९ हजार रुपैंयाको खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले ११ करोड ७३ लाख ४५ हजार रुपैंयाको मात्र खुद बीमा दाबी भुक्तानी गरेको छ । प्रतिशेयर नेटवर्थ २ हजार ३ सय ३१ रुपैंया ७७ पैसा रहेको कम्पनीको मूल्य आम्दानी अनुपात ५८ दशमलव ८४ गुणा रहेको छ भने तरलता अनुपात ३ दशमलव ४१ प्रतिशत रहेको छ ।
बीमा कम्पनीले १ सय ३१ रुपैंया ६३ पैसा प्रतिशेयर आम्दानी गरेको छ यो अन्य कम्पनीको तुलनामा सवैभन्दा बढी हो । संस्थानको प्रतिकित्ता शेयर मूल्य १० हजार रुपैंयाभन्दा माथि रहेको छ ।
विमा संस्थानले कमायो १६ करोड ३७ लाख, प्रतिसेयर आम्दानी १३१ रुपैयाँ
२०७३ श्रावण ३२, मंगलवार

प्रतिक्रिया