काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी मर्ज (एक आपसमा गाभ्ने÷गाभिने) हुने भएको छ । त्यस्तै रिडी हाइड्रोपावरले ६ प्रतिशत वोन सेयर पनि दिने भएको छ ।
शुक्रबार बसेको रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १५ औ साधारणसभाले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीसँग मर्ज हुने र वोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । रैराङ हाइड्रोपावर कम्पनीले ताप्लेजुङमा रहेको इवाखोला जलविद्युत आयोजना (१० मेगावाट ) बनाइरहेको छ । सो साधारणसभाले वोनस सेयर वितरणपछि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपरेमा सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।
रिडी हाइड्रो पावरको चुक्तापूजी ४४ करोड ५५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा कम्पनीले खुद आम्दानी ४ करोड २९ लाख रुपैयाँ गरेको छ भने अघिल्लो आर्थिक वर्षमा यस कम्पनीले ७ करोड ६३ लाख रुपैयाँ जम्मा आम्दानी गरेको थियो ।
रिडी र रैराङ हाइड्रोपावर मर्ज हुदै, रिडीले ६ प्रतिशत वोनस सेयर दिने
२०७३ भाद्र ३१, शुक्रबार

प्रतिक्रिया