काठमाडौं । एक वर्षका सहकारीमा साढे ६खर्ब रुपैयाँ बचत थपिएको छ । सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार सहकारी क्षेत्रमा २०८१ फागुन मसान्तसम्ममा ११ खर्ब २५ अर्ब २८ करोड रुपैयाँ बचत परिचालन भएको छ ।
२०८० फागुनसम्ममा सहकारी सुंस्थाहरुमा ४ खर्ब ७८ अर्ब ११ करोड रुपैयाँ बचत परिचालन भएको तथ्यांक थियो ।
त्यस्तै कर्जा प्रबाहतर्फ पनि एकै बर्षमा ५ खर्ब भन्दा बढीले बृद्धि भएको छ । २०८० साल फागुनसम्ममा सहकारीहरुले ४ खर्ब ५ अर्ब ३ करोड कर्जा प्रवाह गरेकोमा २०८१ फागुनमा ९ खर्ब २३ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको आर्थिक सर्वेक्षणले देखाएको छ । त्यस्तै एक बर्षमा ३५ लाख २० हजार जना सेयर सदस्य थपिएका छन् ।
आर्थिक सर्वेक्षण अनुसार २०८१ फागुनसम्ममा सहकारी संस्थामा १ करोड ९ लाख ५ हजार १९२ सेयर सदस्य रहेका छन् । २०८० फागुसम्ममा ७३ लाख ८५ हजार ५२८ सेयर सदस्य रहेका थिए । त्यस्तै क्षेत्रमा सेयर पूँजी १ खर्ब ४३ अर्ब २९ करोड रकम रहेको छ । देशभर कुल ३२ हजार ९६५ सहकारी संस्था रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
२०८० असारसम्म सहकारी क्षेत्रमा ९४ हजार २ व्यक्ति प्रत्यक्ष रोजगार रहेकोमा २०८१ फागुनसम्म यस्तो रोजगार घटेर ९० हजार २ सय ६५ मा आइपुगेको छ ।
आर्थिक सर्वेक्षणअनुसार केही सहकारीमा अपचलन भएको सर्वसाधारणाकाे करिब ४० अर्ब बचत फिर्ताको दायित्व समस्याग्रस्त सहकराी व्यवस्थापन समितिले फस्र्यौट गर्न बाँकी रहेको छ । समस्याग्रस्त घोषित भएका २२ सहकारीमध्ये ३ सहकारीको सम्पत्ती र दायित्वको हिसाब राफसाफ भएको छ ।
प्रतिक्रिया