वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सफ्टवेयरको लगानी विवादमा नेफ्स्कून : सञ्चालकहरुबाट एक करोड असुल गर्ने निर्देशन कार्यान्वयनमा आनाकानी

अर्थटुडे
२०८२ जेष्ठ २३, शुक्रबार

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) सफ्टवेयर गरेको लगानीका विवादले अप्ठेरोमा पर्दै गएको छ ।
बचत तथा ऋण सहकारी संस्थाहरुबीच नीति, विधि र प्रविधिमा एक रुपता कायम गर्ने भन्दै सफ्टवेयरका लागि करोडौं खर्च गरेको नेफ्स्कून एक पछि अर्को विवादमा फस्दै गएको हो । मिरा इआरपीमा गरेको करोडौं लगानीबारे प्रश्न उठीरहेका बेला सफ्टवेयरको विवाद मिलाउनका लागि नेफ्स्कूनले अघिल्लो आर्थिक वर्षमा खर्च गरेको करिब एक करोड रुपैयाँ तत्कालिन संचालकहरुबाट असुल गर्न सहकारी विभागले निर्देशन दिएपछि विवाद बढेको हो ।

विवाद के हो ?

नेफ्स्कूनले लामो समयदेखि जिनोव इंन्क प्रालीसँग सम्झौता गरी नेकोस प्लस सफ्टवेयर बिक्री गर्दै आएको थियो । सफ्टवेयर निर्माण, अपडेट तथा प्राविधिक सेवा जिनोवले र मार्केटिङ तथा बिक्री वितरणको काम भने नेफस्कूनले गर्दै आएको थियो । सम्झौता अनुसार सफ्टवेयर बिक्रीबाट भएको आम्दानी पनि नेफ्स्कून र जिनोवले आधा–आधा हिस्सा बाड्दै आएका थिए ।

जिनोवसँगको सम्झौता कायम रहेकै बेला नेफ्स्कूनले रारा डिजिटल ल्याब्ससँग सम्झौता गरी मीरा सफ्टवेयर निर्माण तथा बजारीकरण सुरु गरेपछि विवाद अदालतसम्म पुग्यो । आफुसँगको सम्झौता विपरित व्यवसायी स्वार्थ बाझिने गरी नेफ्स्कूनले नयाँ सफ्टवेयर निर्माण तथा बजारीकरण गरेको भन्दै २०७९ माघमा जिनोवले नेफ्स्कून विरुद्ध जिल्ला अदालतमा काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

अदालतमा मुद्दा चलिरहेकै बेला नेफ्स्कून र जिनोवबीच मिलापत्र भयो । व्यवसायीक कारोबारको मिलापत्र अनुसार नेफ्स्कूनले गरेको भुक्तानीलाई नेपाल राष्ट्र बैंक र सहकारी विभागको संयुक्त अनुगमन टोलीले कैफियत औल्याएको छ । सोही आधारमा विभागले तत्कालिन संचालकहरुबाट उक्त रकम असुल गर्न निर्देशन दिएपछि विवाद देखिएको हो ।

विवादको जड साकोस कनेक्ट

नेकोस प्सल सफ्टवेयर सञ्चालनमै रहेका बेला जिनोव इन्कसँग २०७७ सालमा नेफ्स्कूनका तत्कालिन अध्यक्ष परितोष पौड्यालले ‘साकोस कनेक्ट’ बनाउने सम्झौता गरी त्यसका लागि एक करोड रुपैयाँ अग्रिम भुक्तानी गरे । अग्रिम भुक्तानी जिनोवले नेकोस प्लसको आम्दानीबाट पाउने रकममध्येको ५० प्रतिशतबाट कटौति गर्दै जाने दुई पक्षबीच सम्झौता पनि भएको थियो ।

सम्झौता अनुसार जिनोवले साकोस कनेक्ट निर्माण गर्र्यो । डेढ वर्षको अवधिमा नेफ्स्कूनले पनि जिनोवको आम्दानी हिस्साबाट करिव ६० लाख रुपैयाँ शोधभर्ना लिइसकेको थियो ।

तर, अदालतमा मुद्दापछि भने नेफ्स्कून जिनोवको आम्दानीबाट कटाएको रकममध्ये ५ लाख कटाएर करिव ५५ लाख रुपैयाँ भुक्तानी गर्ने गरी समझदारी बनेको हो । नेफ्स्कूनसँगको सम्झौता अनुसार नै साकोस कनेक्ट बनाएको र प्रयोग नगरेपछि आफुले क्षतिपूर्ति दावी गरेको जिनोव इंन्कका अध्यक्ष राजिव कर्ण बताउँछन् ।

संघको उच्च व्यवस्थापन असावधानीका कारण ठूलो आर्थिक भार व्यहोर्ने गरी २०७९/८० मा ९५ लाख रुपैयाँ लिगल क्लेम सेटलमेन्ट एक्सपेन्सेसमा खर्च गरेको अनुगमन प्रतिवेदनमा उल्लेख छ । सोही खर्चलाई तत्कालिन संचालकबाट असुल उपर गर्न विभागले निर्देशन दिएपनि कार्यान्वयन हुन सकेको छैन । यसलाई कार्यान्वयन नगर्नका लागि नेफ्स्कूनले अनेक वहानावाजी गर्दै आएको छ ।

संघका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवजी सापकोटा यसबारे आफु अपडेट नभएको भन्दै पन्छिए । ‘यो मेरो कार्यकालमा भएको विषय होइन, यसबारे मलाई आधिकारीक जानकारी पनि छैन, र विभागमा त्यस्तो निर्देशन पनि आएको छैन’ उनले भने ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने प्रक्रियागत त्रुटीका कारण विभागबाट निर्देशन आएको र त्यसमा अहिले स्पष्ट गरिसकेको दावी गर्छन् । उनले भने:  नेकोस प्लस सँगको सम्झौता किन रद्द भएको भन्ने विषयमा म अपडेट छैन, हामीले गरेको भुक्तानी नेकोस प्लससँगको सम्झौता भन्दा बाहिरको कुरा हो । इस्यु आएपछि मुद्दा फिर्ता लिएर सम्झौता भएको हो । नेफ्स्कूनले भुक्तानी गर्दा ‘लिगल सेटलमेन्ट’ भनेर लेखेको भएकाले विभागले संञ्चालकबाट असुल गर्न असुल गर्न भनेको हो, यसबारे मैले स्पष्ट पारिसकेको छु ।

तर, यसबारे विभागले भने यो मुद्दा नमिलेको नजाएको छ । विभागका उपरजिष्ट्रार रघुनाथ महत यसबारे आफुलाई जानकारी नभएको भन्दै पन्छिए । विभागले औल्याएको कैफियतका आधारमा प्रगति विवरण रिपोटिङ गर्न भनिएको तर के कस्तो कैफियतबारे जानकारी नभएको उनले बताए ।
विभागका तत्कालिन रजिष्टार पिताम्बर घिमिरे भने लिगल सेटलमेन्टका नाममा ९५ लाख भुक्तानी देखाएकाले यसबारे थप कागजपत्र मागेर अध्ययन गरिएको बताउँछन् । तर, कुनै निश्कर्षमा नपुग्दै आफु विभागबाट बाहिरिएको उनले बताए ।

घिमिरेको सरुवासँगै गत बैशाखदेखि विभागको रजिष्ट्रारमा उमेश ढुंगाना आएका छन् । तर, यसबारेमा कुरा गर्न खोज्दा उनी सम्पर्कमा आएनन् ।

नेफ्स्कुन सम्बन्धी समाचारहरु

फिल्ड कार्यालय खोलेर प्रतिस्पर्धा गर्ने नेफ्स्कूनलाई फेरी चाहियो जिल्ला बचत संघको साथ, आफ्नो पक्षमा देखाउन नक्कली हस्ताक्षर

फिल्ड कार्यालय खोलेर प्रतिस्पर्धा गर्ने नेफ्स्कूनलाई फेरी चाहियो जिल्ला बचत संघको साथ, आफ्नो पक्षमा देखाउन नक्कली हस्ताक्षर

अनियमितता ढाकछोप गर्न नेफ्स्कूनलगायतका संघहरुद्धारा आन्दोलनको धम्की

नेफ्स्कूनसहित सहकारी संघहरुको अबौंको अन्तरलगानी व्यवसाय संकटमा, जिम्मेवार को ?

प्राधिकरणको मापदण्ड विपरित कारोबार गर्न संस्थाहरुलाई उस्काउदै नेफ्स्कून

नेफ्स्कूनसहित सहकारी संघहरुको अबौंको अन्तरलगानी व्यवसाय संकटमा, जिम्मेवार को ?

नेफ्स्कूनसहित सहकारी संघहरुको अबौंको अन्तरलगानी व्यवसाय संकटमा, जिम्मेवार को ?

नेफ्स्कूनसहित सहकारी संघहरुको अबौंको अन्तरलगानी व्यवसाय संकटमा, जिम्मेवार को ?

संचालकको हस्तक्षेप बढेपछि धमाधम बाहिरिदै नेफ्स्कूनका कर्मचारी

संचालकको हस्तक्षेप बढेपछि धमाधम बाहिरिदै नेफ्स्कूनका कर्मचारी

बचत तथा ऋण सहकारीहरुमा २५ लाखको सीमा, कार्यक्षेत्र एउटा स्थानिय तहसम्म मात्र

बचत तथा ऋण सहकारीहरुमा २५ लाखको सीमा, कार्यक्षेत्र एउटा स्थानिय तहसम्म मात्र

सहकारीको कार्यदल संयोजकमा किन बसेनन् कडेँल ?

सहकारीको कार्यदल संयोजकमा किन बसेनन् कडेँल ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ