काठमाडौ । ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’बाट पत्रकार कौशिला कुँवरले प्राप्त गरेकी छिन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले हरेक वर्ष प्रदान गर्दै आएको सो पुस्कार कुँवरलाई प्रदान गरिएको हो ।
नेफ्स्कुनको ३८औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित औपचारिक कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त पुरस्कार हस्तान्तरण गरेका थिए ।
कुँवरले एक दशक बन्दा बढी समयदेखि आर्थिक तथा सहकारी क्षेत्रका विविध विषयवस्तुमा कलम चलाउदै आएकी छिन् ।
सहकारी अभियानका विविध आयामलाई उजागर गर्नुका साथै पत्रकारिताका माध्यमबाट सहकारीको प्रवद्र्धन र खबरदारीमा पुर्याएको योगदानको कदरसहित पुरस्कार प्रदान गरिएको नेफ्स्कूनले जनाएको छ । पुरस्कारको राशी १० हजार रहेको छ ।
प्रतिक्रिया