वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खराब कर्जा असुली र गैरबैंकिङ सम्पति बिक्रीबाट सहकारी बैंकलाई राहत, पुँजीकोष तथा खराब कर्जामा दवाव कायमै

अर्थटुडे
२०८२ भाद्र ५, बिहीबार

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्ष २०८१ ८२ मा खुद नोक्सानी घटाएको छ । नयाँ व्यवसाय विस्तार नभएपनि खराब कर्जा असुली तथा गैरबैंकिङ सम्पती बिक्रीबाट बैंकको वित्तीय अवस्थामा तुलनात्मक सुधार देखिएको हो ।

बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवमा एक अर्ब ६६ करोड रुपैयाँ खुद नोक्सानी व्यहोरेकोमा गत आवमा ४ करोड ८१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आवमा खुद व्याज आम्दानीका साथै शुल्क तथा कमीसन आम्दानी बढेपछि नोक्सानी घटेको छ । बैंकले अघिल्लो आवमा एक अर्ब १९ करोड खुद ब्याज तथा कमीसन आम्दानी गरेकोमा गत आवमा १ अर्ब ६० करोड रुपैयाँ पुुर्याएको छ । यसैगरी बैंकले कर्जा तथा अन्य नोक्सानी जोखिमबाट डेढ अर्ब भन्दा बढी फिर्ता ल्याएको छ ।

बैंकले अघिल्लो आवमा सम्भावित नोक्सानी वापत २ अर्ब ५८ करोड रुपैयाँ छुट्याएको गत आवमा ९३ करोड रुपैयाँमा झरेको छ ।

पछिल्लो समयमा बैंकले खराब कर्जा असुली तथा गैरबैंकिङ सम्पति बिक्रीमा जोड दिएको छ । गैरवैकिङ सम्पति बिक्रीबाट आम्दानी बढ्दा बैंकको जगेडा कोष पनि बलियो भएको छ । बैंकको जगेडा कोष ३ अर्ब ६७ करोडबाट ४ अर्ब ५४ करोड पुगेको छ ।

अघिल्लो आवसम्म तीन अर्ब ३९ करोड रुपैयाँ सञ्चीत नोक्सानीमा रहेको बैंक गत आवमा नोक्सानी तथा राष्ट्र बैंकको व्यवस्था अनुसार नियामकिय व्यवस्थापछि सञ्चीत नोक्सानी ४ अर्ब ३३ करोड ५५ लाख पुगेको छ ।

गत आवमा बैंकको खराब कर्जाको अनुपात अझै बढेर ३०.३७ प्रतिशत पुगेको छ । अघिल्लो आवमा खराब कर्जा २२.११ प्रतिशत पुगेको छ ।

यसैगरी अघिल्लो आवको तुलनामा बैंकको निक्षेप गत आवमा ६१ अर्ब रुपैयाँबाट ४७ अर्ब रुपैयाँमा झरेको छ । यस्तै कर्जा प्रवाह पनि २२ अर्बबाट १५ अर्ब रुपैयाँमा झरेको छ ।

यसैगरी बैंकको पुँजीकोष अनुपात पनि ०.६२ प्रतिशतमा झरेको छ । अघिल्लो आवमा पुँजीकोष अनुपात ३.३५ प्रतिशत थियो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ