वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निर्माण व्यवसायीलाई किस्ता तिर्ने समय असारसम्म, बैंकहरुलाई पनि राहत

अर्थटुडे
२०८१ चैत्र २८, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीहरुका लागि बैंकको किस्ता तिर्ने समय असार मसान्तसम्मका लागि थप गरिदिएको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागले निर्देशन जारी गर्दै व्यवसायी तथा बैंक तथा वित्तीय संस्थाहरुलाई पनि राहत दिएको हो ।

निर्देशनमा भनिएको छ–‘सार्वजनिक निकायबाट स्रोत सुनिश्चित भई परियोजनाको निर्माण कार्य सम्पन्न भएको वा निर्माण कार्य भईरहेको तर भुक्तानी प्राप्त हुन बाँकी रहेका निर्माण व्यवसायीलाई प्रवाह भएको निर्माण व्यवसायसँग सम्बन्धित कर्जाको हकमा ऋणीको अनुरोधमा नगदप्रवाह विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल उपर गरी देहायका शर्तहरुको अधीनमा रही इजाजतपत्रप्राप्त संस्थाले कर्जाको पुनरतालिकीकरण र÷वा पुनरसंरचना गर्न सक्नेछन् :

(१) यस्तो पुनरतालिकीकरण र/वा पुनरसंरचना २०८२ असार मसान्तभित्र गरिसक्नु पर्नेछ ।

(२) यसरी पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएको कर्जालाई २०८१ मंसिर मसान्तमा जुन वर्गमा वर्गीकृत गरिएको थियो, कम्तिमा सोही वर्गमा वर्गीकरण गर्नुपर्नेछ । साथै, त्यस्तो कर्जामा उक्त अवधिको पेनाल ब्याज लिन पाइने छैन ।

(३) उपर्युक्तबमोजिम पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएका कर्जाहरुमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । तर, यसअघि गरिएको कर्जा नोक्सानी व्यवस्था गर्न पाइने छैन ।

(४) सम्बन्धित सार्वजनिक निकायबाट भुक्तानी प्राप्त हुन बाँकी रहेको कागजात लिएको हुनुपर्नेछ ।’

यो प्रावधानले बैंकहरुको प्रोभिजनिङ नबढ्ने र जसको कारण बैंकहरुको नाफामा समेत सकारात्मक असर देखिने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ