वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जीबन बीमा कम्पनीहरुलाई नविकरण र म्यादी जीबन बीमा शुल्कलाई पनि प्राथमिकतामा राख्न निर्देशन

अर्थटुडे
२०८२ असार ३०, सोमबार

काठमाडौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा र लघुजीवन बीमा कम्पनीहरूलाई आगामी आर्थिक वर्षका लागि व्यवसायिक लक्ष्य निर्धारण गर्दा अतिरिक्त नविकरण बीमा शुल्क र म्यादी जीवन बीमा शुल्कलाई समेत समावेश गर्न निर्देशन दिएको छ ।

यसअघि बीमा कम्पनीहरुले बार्षिक लक्ष्य निर्धारण गर्दा प्रथम बीमा शुल्कको मात्र लक्ष्य निर्धारण गर्ने गरेको र त्यति बैज्ञानिक नभएको भन्दै प्राधिरकणले सोमबार सवै कम्पनीहरुलाई त्यस्तै निर्देशन दिएको हो ।

जीवन बीमा कम्पनीहरु ठूलो बीमा शुल्कमा मात्र केन्द्रित हुदा बीमाको पहुँच न्यून आय भएका बर्गसम्म पुग्न नसकेको भन्दै प्राधिकरणले सो निर्देशन दिएको हो ।

बीमा कम्पनीहरूले मातहतका कर्मचारी र विभाग तथा कार्यालयहरूलाई व्यवसायिक लक्ष्य निर्धारण गर्दा सावधिक र एकल बीमाशुल्क भुक्तानी हुने बीमालेखहरूलाई मात्र प्राथमिकता दिने गरेका गुनासाहरू आउने गरेको प्राधिकरणले जनाएको छ ।

त्यस्तै पछिल्लो समयमा बीमा अवधि नपुग्दै बीमालेख व्यतित तथा समर्पण हुने लगायतका समस्या देखापरेको र त्यसबाट गुणस्तरीय एवम् भरपर्दो बीमा सेवा प्रवाहमा चुनौति थपिएको सन्दर्भमा प्राधिकरणले त्यस्तो निर्देशन दिएको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बताए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ