वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भुक्तानीसम्बन्धी काम गर्ने कम्पनीको नेटवर्थ ऋणात्मक भए लाभांस वितरण गर्न नपाउने

अर्थटुडे
२०८२ श्रावण ४, आईतवार

काठमाडौ । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी काम गर्ने कम्पनीको नेटवर्थ ऋणात्मक भएमा लाभांश वितरणमा रोक लगाउने भएको । त्यस्तै लाभांश वितरण गर्दा सञ्चित मुनाफा ऋणात्मक हुन नहुने, नाफा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्रै लाभांश घोषणा गनुपर्ने, शेयर प्रिमियम एवम् बार्गेन पर्चेज गेनबाट नगद लाभांश घोषणा गर्न नपाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

त्यस्तै भुक्तानीसम्बन्धी कार्यगर्न अनुमति लिएका संस्थाहरुले विभिन्न कोषहरुमा रकम जम्मा गरेपछि मात्र लाभांश बाड्न पाउने छन् । भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पत्र प्राप्त संस्थाले केन्द्रीय बैंकले तोकेको विभिन्न कोषहरुमा रकम जम्मा गरेपछि मात्रै लाभांश वितरण गर्न पाउने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले आइतबार भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ जारी गरी यस्तो व्यवस्था लागु गरेको हो । भुक्तानी सम्बन्धी कार्य गर्ने कम्पनीले नेपाल राष्ट्र बैंकले तेकेकोे जोखिम बहन कोष, जगेडा कोष र पूर्वाधार विकास कोषमा पर्याप्त रकम जम्मा गरेपछि मात्रै लाभांश वितरण गर्न पाउनेछ ।

मार्गदर्शनमा नियमकीय पुँजी कायम गर्न आधार निर्माण हुने गरी एवम् कारोबारको निरन्तर अभिवृद्धि साथै जोखिम बहन गर्ने क्षमता विकासका लागि स्रोतको व्यवस्थापन र व्यवसायको निरन्तरता योजना कार्यान्वयनमा सहयोग पुग्ने गरी मात्रै लाभांश वितरण गर्नुपर्ने उल्लेख छ ।

संस्थाले नियमाकीय पुँजी कायम गर्ने सम्बन्धमा संस्थाको योजना, नगद लाभांश तथा शेयर लाभांश सम्बन्धी नीतिहरु समावेश गरेर मात्रै लाभांश नीति तर्जुमा गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ