वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिआइबी निष्कर्ष : कर्णाली डेभलपमेन्ट बैंकमा सवा ३ अर्बको घोटाला

अर्थटुडे
२०८२ श्रावण ८, बिहीबार

काठमाडौ । प्रहरी केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी) ले कर्णाली डेभलपमेन्ट बैंकमा ३ अर्ब २० करोड रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको छ । सिआइबीले तयार पारेको प्रतिवेदनमा सो बैंकको घोटालामा ३ अर्ब २० करोड रुपैयाँ ठगी भएको र १११ जनालाई प्रतिवादी बनाउनुपर्ने राय सहित समाबेश गरिएको छ ।

प्रतिवादीमध्ये ४ जना पक्राउ परेका छन् भने ३ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १०४ जना भने फरार रहेको सिआइबीको प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपाल राष्ट्र बैंकको पुर्व निर्देशक भुवन बस्नेत सोही काण्डमा पक्राउ परिसकेका छन् ।
नेपाल राष्ट्र बैंकको अनुगन अधिकृतसमेतको सहयोगमा बैंकमा विगतदेखि नै हुँदै आएको अपचलन ढाकछोप भएको देखिएको पनि अनुसन्धानमा संलग्न उच्च स्रोतले बताएको छ ।

नेपाल राष्ट्र बैंकले ११ मंसिर २०८१ मा बैंकलाई शिघ्र सुधारात्मक कारवाही गरेको थियो । सुपरीवेक्षकीय समायोजनपछि राष्ट्र बैंकले तोकेको पूँजीकोष कायम नहुने भएपछि ११ मंसिरबाट लागु हुने गरी बैंकलाई कर्जा लगानी र निक्षेप संकलनमा राष्ट्र बैंकले रोक लगाएको थियो ।

राष्ट्र बैंकले ६ देखि ११ साउन २०८१ सम्म गरेको लक्षित निरीक्षण प्रतिवेदनका आधारमा निष्क्रिय कर्जा ४०.८५ प्रतिशत पुगेको देखिएको थियो । सोही आधारमा प्रोभिजन थप गर्दा यसरी निष्क्रिय कर्जा बढेको तर सोही अनुसार बैंकले कर्जा नोक्सानी व्यवस्था नगरेको देखिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ