वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकको लाइसेन्स दिन सकिदैनः डेपुटी गभर्नर ढुंगाना

अर्थटुडे
२०८२ श्रावण ११, आईतवार

काठमाडौ । गभर्नर डा.विश्व पौडेलले नयाँ लाइसेन्स दिने कुराहरु खुलेआम बताउदै हिडिरहेका बेला नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा.निलम ढुंगानाले नयाँ लाइसेन्स अहिले दिन नसकिने स्पष्ट पारेकी छिन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर ढुंगानाले बैंकहरु धेरै भएर मर्जर नीति ल्याएको धेरै नभएको बताउँदै बैंकहरुमा समस्या आएकोले प्रोत्साहित गरेरै मर्जर गरिएको पनि लामो समय नभएको बताएकी छिन्।

उनले भनिन् ‘२ वर्षअघि १५–१८ को हाराहारीमा बैंकहरु हुनुपर्छ भनेर राष्ट्र बैंकले नै रिपोर्ट निकालेको थियो, अब होइन फेरि नयाँ खुलाउनुपर्छ भन्दै धमाधम नयाँ ल्याउन दिने कुरा हुँदैन ।’ । उनका अनुसार अध्ययन नगरी, आधारविना ह्वात्तै अघि बढ्न सकिदैन । त्यस्तै उनले डिजिटल बैंकको सन्दर्भमा भने अध्ययन गरेर छुट्टै प्रकृतिको आवश्यक हो भने अध्ययन खोल्न सकिने बताइन् ।

कोभिड र त्यसपश्चात विश्व अर्थतन्त्रमा देखा परेका विभिन्न असरहरुका कारण केही वर्षयता अर्थतन्त्रले अपेक्षित गती लिन नसकेको बताउँदै डा.ढुंगानाले बैंंक तथा वित्तीय संस्थाहरुको वर्तमान स्थिति र परिदृश्यलाई नेपाल राष्ट्र बैंकले राम्रोसँग निहालिरहेको उनले बताइन् ।

राष्ट्र बैंकले मौद्रिक नीति नियमन तथा आवश्यक अन्य प्रावधानमार्फत बैंकिङ क्षेत्रमा स्थायित्व कायम राख्न निरन्तरण प्रयासरत रहेको दावी गर्दै उनले बैंकिङ प्रणालीमा भएको विस्तार र आधुनिकीकरण, वित्तीय पहुँचमा भएको विस्तार, भुक्तानी प्रणालीमा भएको आधुनिकीकरण, वित्तीय सेवाको विविधिकरण र गुणस्तरमा सुधार र स्वतन्त्र पुँजी वृद्धिको प्रभावकारी कार्यान्वयनमार्फत समग्र आर्थिक स्थायित्व कायम गर्दै आउनु उपलव्धिका विषयहरु रहेको उनले बताइन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ