काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नरले बैंक तथा वित्तिय संस्थाका प्रमूख कार्यकारी अधिकृत (सिइओ) हरुसँग मंगलबार छलफल गरेका छन् । नेपाल राष्ट्र बैंकले तीन वटा प्रस्तावमाथि सिइओहरुमसँग छलफल अगाडी बढाएको छ ।
वित्तीय क्षेत्र विकास रणनीतिको विषय र विशेष गरी वाफिया विधेयकमा बैंकर र व्यवसायी छुट्याउनेगरी उल्लेख्य स्वामित्व २ प्रतिशतबाट १ प्रतिशत बनाउने र उल्लेख्य स्वामित्व हुनेले व्यवसायिक ऋण लिन नपाउने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।
बैंकर व्यवसायी छुट्याउँदा पर्ने सकारात्मक र नकारात्मक प्रभाव र उक्त व्यवस्थाको आवश्यकता लगायत विषयमा गभर्नर विश्व पौडेलले बैंकका सिइओसँग मंगलबार र अध्यक्षहरुसँग बुधबार छलफल गर्न लागेका हुन् ।
बैंकर र व्यवसायी छुट्याउँदा दिनुपर्ने समय लगायतमा केन्द्रीय बैंकले आफ्नो धारण बनाउने गरी सो छलफलको आयोजना गरेको हो। यस्तै प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिमा छलफल भइरहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) को प्रस्तावित परिमार्जनको विषयमा पनि छलफल हुने केन्द्रीय भएको थियो । उनले वाफिया संशोधन विधेयकका प्रस्तावित व्यवस्था र दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिमा सुझावको लागि छलफल राखेका हुन् ।
प्रतिक्रिया