वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र बैंकले बढायो बाह्य लेखापरीक्षकको दायित्व, अब ‘लङ फर्म अडिट रिपोर्ट’ थप विस्तृत हुने

अर्थटुडे
२०८२ भाद्र ३, मंगलवार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका बाह्य लेखापरीक्षकले अबदेखि अझै विस्तृत रिपोर्टिङ गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार नयाँ निर्देशन जारी गर्दै ‘लङ फर्म अडिट रिपोर्ट’ मार्फत खुलासा गर्नुपर्ने सूचकहरूको दायरा विस्तार गरेको हो ।

नयाँ प्रावधान अनुसार आर्थिक वर्ष २०८१/८२ देखि लागू हुने गरी लेखापरीक्षकले निम्न विषयमा समेत राय दिनुपर्नेछः

  • गैर बैंकिङ सम्पत्ति व्यवस्थापन निर्देशिका र यसको प्रभावकारीता
  • ऋण लगानीमा वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (ESRM) फ्रेमवर्कको कार्यान्वयन
  • सञ्चालन जोखिम मूल्यांकनमा सूचना प्रविधि र साइबर सुरक्षा नीति
  • जोखिम व्यवस्थापन समितिको अस्तित्व र प्रभावकारीता
  • आन्तरिक नियन्त्रण प्रणाली र नियामकले औल्याएका कैफियत सुधारको अवस्था
  • भुक्तानी प्रणाली तथा इलेक्ट्रोनिक कारोबारको सुरक्षा स्थिति
  • प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलमा गरिएको लगानी
  • विदेशस्थित शाखा वा सम्पर्क कार्यालयले गरेका कारोबार
  • नियामकले तोकेको सीमा भित्र निर्देशित क्षेत्रमा लगानी भएको/नभएको अवस्था
  • ग्राहक संरक्षण तथा वित्तीय साक्षरतासम्बन्धी पालना
  • सेवाशुल्कसम्बन्धी नियामक निर्देशनको कार्यान्वयन

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ