काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गर्दै यही भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला खुद्रा नोट सटहीको व्यवस्था गर्ने भएको छ ।
राष्ट्र बैंकले आईतबार सूचना जारी गर्दै दशैंका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध हुने जानकारी दिएको छ । राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूमा पनि सर्वसाधारण तथा वित्तीय संघसंस्थाले नोट सटही सुविधा पाउने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ ।
चाडपर्वमा नयाँ नोट निश्कासन गर्दा आयु घट्ने भन्दै राष्ट्र बैंकले गत वर्षदेखि सुकिला नोट मात्र सटही सुविधा दिन थालेको हो । जसका कारण नाेट सटहीमा आकर्षण घट्दै गएको राष्ट्र बैंककाअधिकारीहरु वताउँछन् ।
बैंकहरूले गत वर्षदेखि नयाँ नोट सटही गरेका छैनन् । हरेक वर्ष नयाँ नोट बजारमा पठाउने र त्यसको प्रयोग नहुँदै पुनः नयाँ नोट बजारमा पठाउँदा साना दरको नयाँ नोट व्यवस्थापनमा समेत समस्या आएपछि केन्द्रीय बैंकले यसवर्ष आफ्नो नीति परिवर्तन गरेको हो । यसैगरी पछिल्लो सयमा विद्युतिय कारोबार पनि बढ्दै गएको र नगद प्रयोगलाई निरुत्साहित गर्न समेत नयाँ नोट सहटीको नीतिलाई परिवर्तन गरिएको बताइएको छ ।
प्रतिक्रिया