वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जेनजी आन्दोलनको क्षती : २३ अर्ब बीमा दावी, डेढ अर्ब भुक्तानी

अर्थटुडे
२०८२ आश्विन २६, आईतवार

काठमाडौं । भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको क्षतिवापत बीमा कम्पनीहरुमा कुल २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ बराबरको दावी परेको छ । सरकार र नेपाल बीमा प्राधिकरणले कम्पनीहरुलाई ५० प्रतिशतसम्म अग्रिम भुक्तानी गर्न निर्देशन दिएपनि एक महिनामा कम्पनीहरुले अग्रिम र पेश्कीवापत एक अर्ब ५८ करोड ५६ लाख रुपैयाँ भुक्तानी गरेका छन् । यो दावीको तुलनामा करिब ७ प्रतिशत हो ।

सबैभन्दा बढी दावी परेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा बढी अर्थात ५९ करोड ४४ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीमा कुल दावी ५ अर्ब ६१ करोड रकम छ । यसैगरी सबैभन्दा कम दावी परेको ट्रस्ट माइक्रो इन्स्योरेन्सले भने ४५ प्रतिशत भुक्तानी गरिसकेको छ ।

आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि २ हजार ७१० ओटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ३७४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरेको कम्पनीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ