वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिभिल बैंकको नाफा ३३ करोड १४ लाख रुपैयाँ, प्रोभिजन मात्र ४७ करोड

अर्थटुडे
२०७३ श्रावण ३२, मंगलवार

काठमाडौं । सिभिल बैंक लिमिटेडले गत वर्ष ३३ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा १० करोड रुपैयाँ खुद नाफा बढाएको हो । अघिल्लो वर्ष बैंकले २३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । खुद व्याज आम्दानी, कमिसन, सञ्चालक खर्चमा कमी र विदेशी विनिमयबाट कमाएको छ ।

बैंकले खुद व्याज आम्दानी १४ करोड रुपैयाँ बढाएपछि नाफा पनि उक्लेको हो । गत वर्ष बैंकले ९९ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्ष बैंकले ६ करोड रुपैयाँ फि कमिशन, आठ करोड अन्य सञ्चालन आम्दानी र विदेशी विनिमयबाट करिब नौं करोड रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षमा बैंकले २८ करोड रुपैयाँ राइट व्याक गरेको छ । बैंकले संभावित नोक्सानी व्यहोर्न ४७ करोड रुपैयाँ प्रोभिजन पनि गरेको छ ।
एक वर्षमा बैंकले करिब पाँच अर्ब रुपैयाँ निक्षेप बढाएको छ । कर्जा लगानी करिब तीन अर्ब रुपैयाँ बढेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ