काठमाडौं । विमा समितिले विमा कम्पनीहरुले प्रमूख कार्यकारी अधिकृत नपाइरहेका बेला प्रमूख कार्यकारी अधिकृत हुने व्यवस्थालाई केही खुकुलो गरेको छ । सुसासन सम्बन्धी व्यवस्थामा प्रमुख कार्यकारी अधिकृतको लागि कडा व्यवस्था गरिएका कारण कतिपय विमा कम्पनीहरुमा प्रमुख कार्यकारी निर्देशक नै थिएनन् ।
समितिले अहिले विमा क्षेत्रको व्यवस्थापन तहमा १० वर्षको काम गरेको व्यक्ति मात्र प्रमुख कार्यकारी अधिकृत हुन पाउने व्यवस्थालाई संशोधन गर्दै समितिले त्यसलाई पाँच बर्षमा झारेको छ । संस्थागत सुशासन सम्बन्धि पुरानो निर्देशनलाई संशोधन गर्दै समितिले यस्तो व्यवस्था गरेको हो ।
समितिले बुधबार निर्देशन जारी गर्दै चार्टर्ड एकाउन्टेन्टलाई पनि प्रमुख कार्यकारी अधिकृत हुन मान्यता दिएको छ । यसअघि स्नातकोत्तर गरेर १० बर्ष बिमा क्षेत्रमा अनुभव भएको ब्यक्ति मात्र प्रमुख कार्यकारी हुन पाउने व्यवस्था थियो ।
समितिले बिमा, ब्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, बाणिज्य शास्त्र, कानुन, गणित, तथ्यांक शास्त्र वा इन्जिनियरिङ बिषयमा स्नातकोत्तर गरी बिमा क्षेत्रको व्यवस्थापन तहमा पाँच बर्ष काम गरको ब्यक्ति प्रमुख कार्यकारी हुन पाउने व्यवस्था गरेको छ । तर बैंक तथा वित्तीय क्षेत्रमा भए आठ बर्षको अनुभव चाहिन्छ । बिमा क्षेत्रमा एक बर्षको अनुभव भएर बैंकिङमा काम गरेको भए सात बर्षको अनुभवले पनि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुन पाउने ढोका भने खुलेको छ ।
जसले गर्दा आगामी दिनमा विमा कम्पनीहरुले प्रमूख कार्यकारी अधिकृत सहजै पाउने छन् । डिपार्टमेन्ट हेडका लागि पनि समितिले योग्यता तोकेको छ । बिमाका बारेमा अनिवार्य रुपमा पढेको ब्यक्तिलाई मात्र यो जिम्मेवारी दिन पाइने ब्यवस्था गरिएको छ ।
त्यसैगरी कम्पनीले स्नातक नभएका ब्यक्तिहरु अधिकृत तहमा लैजान नपाइने व्यवस्था गरेको छ । उनीहरुको वढुवा पनि गर्न नपाइने निर्देशनमा उल्लेख छ ।
बिमा कम्पनीहरुको सञ्चालक हुनसमेत शैक्षिक योग्यता तोकिएको छ । अब स्नातक उत्तिर्ण ब्यक्ति मात्र सञ्चालक हुन पाउने छ । कम्पनीको कार्य सञ्चलान, कारोबार, ब्यवसायिक योजना, नेटवर्थ, दावी भुक्तानीको अवस्था, मुनाफाको स्थिति, ब्यवस्थापन खर्च, मुल्यबृद्धि दरलाई आधार मानेर मात्र भत्ता तोक्न पाइने छ
प्रतिक्रिया