वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाणिज्य बैंकद्धारा आरबीबी स्मार्ट सेवा सुरु, विश्वको जुनसुकै स्थानबाट पनिसेवा लिन सकिने

अर्थटुडे
२०७३ भाद्र ५, आईतवार

काठमाडौं । अव विश्वको जुनसुकै कुनामा बसेर पनि राष्ट्रिय बाणिज्य बैंकको सेवा लिन सकिने छ । बैंकले आइतबारदेखि “आरबिबी स्मार्ट ”सेवा सुरु गरेको छ । आफ्ना दुई लाख ग्राहकले प्रयोग गरिरहेको मोवाइल बैंकिङ सेवालाई विस्तार गर्दै बैंकले सो सेवा सुरु गरेको हो । यो सेवा मोवाइल एसएमएस र इन्टरनेट दुबैवाट चलाउन सकिन्छ ।अब घरै बसेर आफ्नो खाताको कारोबारबारे हेर्न सकिन्छ ।
दुई प्रतिशत छुटमा मोवाइल टपअप रिचार्ज, अन्तर बैंक रकम ट्रान्सफर, कर्जाको सावाँ ब्याज भुक्तानी पनि गर्न सकिन्छ । बैंकले यसबाट चेकबुकको माग, अन्य मर्चेन्ट भुक्तानी र गुनासाहरु पनि राख्न पाउँछन् । यो सेवा बैकका १६८ वटै शाखाबाट पाउन सकिन्छ । यो चलाए वापत वार्षिक १५० रुपैयाँ तिर्नु पर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ