वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उद्योगी व्यवसायीले प्राधिरणलाई भने, ‘लोडसेडिङको तालिका देउ’

अर्थटुडे
२०८१ चैत्र १०, आईतवार

काठमाडौं । उद्योगी व्यवसायीहरुले नेपाल विद्युत् प्राधिकरणले उद्योगमा पूर्वाग्रहपूर्ण तरिकाबाट बिजुली काटेर लोडसेडिङ भएको भ्रम छरेको आरोप लगाएका छन् ।
पिडित उद्योगी व्यवसायीहरुले आइतबार पत्रकार सम्मेलनगरी प्राधिकरणमाथि आरोप लगाएका हुन् । विद्युत् प्राधिकरणले विजुली आयातमा समस्या आएले पर्याप्त विजुली दिन नसकिने भन्दै ठूलो उद्योगहरुमा लोडसेडिङ गर्दे आएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्योगी पशुपति मुरारकाले अहिले उद्योगहरु १२ घण्टासम्म बन्द गर्नुपर्ने अवस्था आएको बताउदै प्राधिकरणले पुर्वाग्रह राखेका कारण नै यस्तो अवस्था आएको दावी गरे ।
उनले भने, ‘बर्खाको समयमा निर्माण सामग्री नहुने अवस्थामा उद्योग नचल्ने र मंसिरमा धान उत्पादन भए पनि उद्योग बढी समय चल्नु स्वभाविक हो । तर विद्युत् प्राधिकरणले जुन बेला उद्योगलाई धेरै बिजुली चाहिन्छ त्यहीँ समयमा लोडसेडिङ गरिदिनु उद्योगी व्यवसायीमाथि अन्याय भएको छ ।’
‘नेपालको औद्योगिक क्षेत्रमा सधैँ लोडसेडिङ भइरहेको छ, तर नेपाल विद्युत प्राधिकरण किन लोडसेडिङ छैन भन्छ ? किन लोडसेडिङको सूचनासहितको तालिका दिँदैन,’ सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले भने, ‘देशमा लोडसेडिङको अन्त्य नभएको भन्दै झुठको खेती प्राधिकरणले गरिरहेको छ ।’
उनले प्राधिकरणले लोडसेडिङ नभएको भन्दै प्राधिकरणले जनतालाइै भ्रममा पारेको दावी गर्दै लोडसेडिङको तालिका उपलव्ध गराउन माग गरे ।
नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल उत्पादक संघ र नेपाल धागो उत्पादक संघले संयुक्त रुपमा उद्योगमा विद्युत कटौतीले परेको असर र उद्योगीलाई परेको मारका विषयमा गुनासो पोखेका छन् ।
उद्योगीले सर्वोच्च अदालतका पूर्वन्यायधीश गिरिषचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन कार्यान्वयन गरी डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्न आग्रह गरे ।
लाल आयोगमा २०७२ साउनदेखि पुस २९ गतेसम्म महसुल निर्धारण आययोगले महसुल दर निर्धारण नगरेको अवधिको डेडिकेटेड र ट्रंक लाइनको महसुल लिन र तिर्न नपर्ने उद्योगी व्यवसायीले दाबी गरेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ