वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

देशमा बसेर लगानी गर्छु भन्नेलाई सरकारले सहजीकरण गर्ने हो दुःख दिने होइन: देउवा

अर्थटुडे
२०८२ असार ३१, मंगलवार

काठमाडाै । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा नै बसेर लगानी गर्छु भन्नेलाई सरकारले सहजीकरण गर्नुपर्ने बताएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानको २३ औं वार्षिक साधारणसभामा बाेल्दै उनले नेपालमा लगानी गर्न चाहनेहरूलाई सरकारले सहजीकरण गरी दुःख दिन नहुने बताए   ।

पुर्वप्रधानमन्त्री देउवाले भने,’तपाईहरुले सेयर निष्काशनमा ढिलाई, विद्युत खरिद सम्झौता (पीपीए) नभएको, राष्ट्रिय निकुञ्जभित्र आयोजना निर्माण गर्न नपाएको, समयमै प्रसारण लाइन नबन्दा बिजुली खेर गएको, वन मन्त्रालय सरकारी निकायहरुमा प्रक्रियागत झन्झट रहेको र लामो समय लाग्ने गरेको लगायतका थुप्रै समस्याहरु उठाउनुभएको छ। देशमै बसेर लगानी गर्छु भनेर लाग्नुभएका तपाईहरुलाई यस्तो कुरामा सरकारले सहजीकरण गर्ने हो, दुःख दिने होइन।’

त्यस्तै उनले मुलुकलाई अहिले निजी क्षेत्रको लगानीको खाँचो छ। निजी क्षेत्रको लगानीविना देशको विकास सम्भव हुँदैन र देशले आर्थिक समृद्धि हासिल गर्न पनि सक्दैन भन्नेमा हामी पूर्ण विश्वास रहेकाे पनि बताए ।

‘नेपालले आर्थिक तथा सामाजिक विकासमा अहिलेसम्म प्राप्त गरेको उपलब्धिको पछाडी देशले अघि बढाएको उदारवाद र निजीकरणको नीति हो भन्नेमा दुई मत छैन। यसको कार्यान्वयनको क्रममा भएका कमीकमजोरी अन्त्य गरेर निजी क्षेत्रलाई थप प्रोत्साहित गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ। ‘उनले भने ।  देउवाले आफू प्रधानमन्त्री भएको बेला ४९ मेगावाट विद्युत बिक्रीका लागि सम्झौता गरेको पनि दावी गरे ।

‘नेपाली कांग्रेसको सरकारले तत्कालिन कांग्रेस नेतृ शैलजा आचार्य उपप्रधान एवं जलस्रोत मन्त्री भएका बेला जलबिद्युत उत्पादनमा निजि क्षेत्रको लगानी खुला गर्नु भएको तपाईहरु सबैलाई थाहा नै छ। त्यही नीतिकै कारण आज निजि जलविद्युत उत्पादनमा झण्डै ८० प्रतिशत हिस्सा ओगट्दै अर्बौं लगानी गर्ने वातावरण बनेको हो।’ देउवाले दावी गरे ।

उनले भने, ‘विद्युत उत्पादन बढ्दै जानु खुशीको कुरा हो। आज देशभित्र लोडसेडिङ छैन। छिमेकी मुलुकहरुसँग विद्युत व्यापार पनि सुरु भएको छ। अझै स्वदेशभित्र धेरै उद्योग व्यवसाय सञ्चालन गरेर बढीभन्दा बढी बिजुली खपत गराउनु पर्दछ।’

कार्यक्रममा ऊर्जामन्त्री दीपक खड्काले अहिले लोडसेडिङ नभएको तर ट्रिपिङका कारण कतैकतै बत्ती गएको भएको बताए ।

उनले आयोजनाको अवस्था हेरेर आरसीओडीको समय थपिने बताए । मन्त्री खड्काले मुलुकको हितअनुसार कानुन बनाउने बताए ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ