काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वृद्धि नगरे पनि महँगी भत्ता ३ हजार बढाएर ५ हजार पुर्याएकाे छ । यसअघि कर्मचारीले महंगीभत्ता स्वरूप २ हजार रुपैयाँ लिदै आएका थिए ।
तीन वर्षअघि तलब बढेकोमा यस वर्ष कर्मचारीको तलब बढ्ने अपेक्षा थियो ।
तर, स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।
तर, महँगी भत्ता नै बढाएर ५ हजार पुर्याएको जानकारी उनले दिए ।
प्रतिक्रिया