काठमाडौं । तीन अप्ता अघिदेखि बन्द रहेको तातोपानी भन्सार नाका भोली (शुक्रबार) बाट खुल्ने भएको छ । भन्सार नाकामा रोकिएर बसेका साना गाडी भने बिहिबारबाटै नेपाल प्रवेश गरिसकेका छन् भने ठूला कन्टेनरहरु शुक्रबारबाट मात्र तातोपानी नाका हुँदै आउने भएका हुन् ।
हाल ३ सय बढी कन्टेनर सडकमा अलपत्र परेका छन् । सडक निर्माणमा भएको सुूस्तीका कारण झण्डै ३ सातादेखि नाकामै गाडिहरु रोकिन बाध्य भएका हुन् । नाकामा २ दर्जन बढि साना गाडि आज ९विहिबार० नाकाबाट छुटेको तातोपानी भन्सार कार्यलयले जनाएको छ ।
तातोपानी नाका नेपाल र चीनबीचको व्यापारका लागि सबैभन्दा व्यस्त नाका मानिदै आएको छ । यहाँबाट दैनिक हजारौँ टन सामान आयात र निर्यात हुने गर्थ्यो।
चीनी बजार (ल्हासा, झाङ्मु) बाट दैनिक उपभोग्य वस्तु, इलेक्ट्रोनिक्स, कपडा, अन्न आदिको आयात हुने र नेपालबाट कृषि उपज, हस्तकला आदिको निर्यात हुदै आएको थियो ।
२०७२ सालको भूकम्पले यो नाका र बाटो दुवैलाई ठूलो क्षति पुर्याएको थियो । सो कारण लामो समयसम्म यो नाका बन्द रहेको थियो। केही वर्षदेखि चरणबद्ध रूपमा पुनः सञ्चालन गरिएको यो नाका यो पटक भने सडक निर्माणका कारण बन्द गरिएको थियो ।
हाल यो नाकाबाट सीमित मात्रामा व्यापार भएता पनि पूर्ण रूपमा खुला हुन सकेको छैन। नेपाल–चीनबीच अन्य वैकल्पिक नाका जस्तै रसुवा–केरुङ बढी सक्रिय छ।
प्रतिक्रिया