वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माछापुच्छरे क्यापिटल लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न

अर्थटुडे
२०८२ भाद्र ६, शुक्रबार

काठमाडौं । माछापुच्छरे क्यापिटल लिमिटेडको छैटौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । भदौ ०६ गते शुक्रबार, बालुवाटार प्यालेस बैंक्वेट, गैरीधारा, बालुवाटार, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको अध्यक्षतामा वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको हो ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीले यस उपलब्धिलाई कम्पनीको अर्को महत्वपूर्ण कोसेढुङ्खाका रूपमा रहेको बताए । उनले निकट भविष्यमा शेयरधनी मूल्य अभिवृद्धि गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, आ.व. २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, आ.व. २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति, नगद लाभांश वितरण तथा सञ्चालक निर्वाचनसम्बन्धी महत्वपूर्ण प्रस्तावहरू पारित भएका छन् ।

संस्थापक समूहका शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे निर्विरोध निर्वाचित भई पुनः सञ्चालकमा नियुक्त भएका छन् । साथै, सञ्चालक समितिले चुक्ता पूँजीको ५% अर्थात् एक करोड त्रिचालिस लाख सोह्र हजार नौ सय पचहत्तर रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ