वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लघुवित्तले २५ % सम्म लाभांश दिन पाउने

अर्थटुडे
२०८२ भाद्र ८, आईतवार

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले सेयरधनीलाई दिने लाभांश प्रतिशत बढाएको छ । यो लाभंश सिमा १५ प्रतिशतबाट २५ प्रतिशत पुगेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी गर्दै लघुवित्तलाई लाभांश वितरण सम्बन्धी नयाँ व्यवस्था गरेको हो । लघुवित्त वित्तीय संस्थाले दिने लाभांश निष्क्रिय कर्जामा भर पर्ने भएको छ । निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएका लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन सक्ने छन्।

निष्क्रिय कर्जा ५ देखि १० प्रतिशतसम्म भएकाले २० प्रतिशतसम्म लाभांश दिन सक्ने व्यवस्थम छ । यस्तै १० देखि १५ प्रतिशतसम्म निष्क्रिय कर्जा हुनेले १५ प्रतिशतसम्म लाभांश दिन सक्ने व्यवस्था गरिएको हो । निष्क्रिय कर्जा १५ प्रतिशतभन्दा बढी भएकाले लाभांश वितरण गर्न नपाउने भएका छन् भने पूँजीकोष अनुपात न्यूनतम ९ प्रतिशत कायम गरेकाले मात्रै नगद लाभांशको प्रस्ताव गर्न पाउने भएका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ