काठमाडौं । गत वर्षको भदौमा सरकारले सेयर बजारबाट २ अर्ब ५७ करोड रुपैयाँ पूँजीगत लाभकर उठाएको थियो। तर यस वर्ष सोही महिनामा मात्र ६० करोड १४ लाख रुपैयाँ संकलन भएको छ। यसरी हेर्दा, पूँजीगत लाभकर गत वर्षको तुलनामा ७७ प्रतिशतले घटेको देखिन्छ।
साउन दोस्रो साता ३,००२ विन्दुमा पुगेको सेयर बजार त्यसयता लगातार ओरालो लागेको थियो। बजार कमजोर बन्दै गएपछि सरकारलाई कर संकलनमा पनि ठूलो गिरावट भएको हो। साउन महिनामै सरकारलाई सेयर कारोबारबाट २ अर्ब १५ करोड रुपैयाँ पूँजीगत लाभकर प्राप्त भएको थियो।
प्रतिक्रिया