वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जेनजीको आन्दोलनले निजी क्षेत्रको ८० अर्ब क्षती

अर्थटुडे
२०८२ आश्विन ५, आईतवार

काठमाडौं । भदौ २४ गते युवा (जेनजी)हरुले गरेको आन्दोलनमा नीजि क्षेत्रले करिव ८० अर्ब रुपयाँ बराबरको क्षति व्यहोरेको उद्योगीहरुले बताएका छन् ।

आइतबार प्रधानमन्त्री शुशीला कार्कीसँग नेपालका नीजि क्षेत्रको छलफल भएको थियो । सोही छलफलका क्रममा नेपाल उद्योग महासंघले देशभरिको क्षति विवरण संकलन गरिरहेको र हालसम्म उपलब्ध तथ्यांक र सूचना अनुसार करिब ८० अर्ब रुपैयाँ बराबर निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आकलन रहेको दावी गरेको छ ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विशेषगरी ठूलो क्षति भएका उद्योग र साना एवं राजधानी बाहिरका केही व्यवसायको विवरण आउन नसकेको र कतिपय दोहोरोपन पनि देखिएको बताउँदै महासंघले जतिसक्दो चाँडो क्षति विवरण उपलब्ध गराउने गरी देशभरि सर्वेक्षण गरिरहेको दावी गरे ।

उनले अर्थतन्त्र पुनर्निर्माण, नवनिर्माण र पुनरुत्थानका लागि आवश्यक सुरक्षा समन्वय र सहकार्यका लागि पनि आग्रह गरे । अध्यक्ष ढकालले निजी क्षेत्रले सम्मानित रूपमा काम गर्न सक्ने वातावरणका लागि आवश्यक सहयोग र सुरक्षा अपेक्षा रहेको बताए ।

छलफल क्रममा आन्दोलनमा प्रभावित व्यवसायीलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा प्रदान गर्न, लगानी आकर्षित गर्न आयकर लगायतमा छुट प्रदान गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे ।
माग बढाउन मूल्य अभिवृद्धि कर (भ्याट) को दरमा पनि समायोजन गर्न सकिनेतर्पm ढकाललको सुझाव छ । चालु पूँजी कर्जा मार्गदर्शन कम्तीमा दुई वर्ष स्थगन, पुनर्कर्जा, ब्याज अनुदान लगायत वित्तीय सहुलियत तत्काल दिन सकिनेतर्फ व्यवसायीले प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए ।

यसैगरी ब्याज सहुलियत र नयाँ संरचना निर्माण गर्न आवश्यक सामान ल्याउन प्रभावित व्यवसायीलाई भन्सार लगायत शुल्कमा छुट दिन पनि महासंघले आग्रह गरेको छ ।

नागरिक एपबाट व्यवसाय दर्ता एवं खारेजी लगायत सेवा लिन सकिने एवं कर बुझाएपछि नवीकरण गर्नुपर्ने बाध्यता हटाउनु पर्ने माग महासंघले निरन्तर उठाइरहेको छ ।

युवापुस्ताको आन्दोलन क्रममा भएको घुसपैठका कारण निजी क्षेत्रले ठूलो जनधनको क्षति बेहोरेको हुँदा दोषीमाथि कारबाही हुनुपर्ने निजी क्षेत्रको माग छ । कारबाही हुन नसके दण्डहीनताको अवस्था सिर्जना भई निजी लगानी थप निरुत्साहित हुनेतर्फ निजी क्षेत्रका प्रतिनिधिले उक्त छलफलमा सरकारको ध्यानाकर्षण गराए ।
युवापुस्ताले चुस्त सरकारी सेवा चाहिरहेको बताउँँदै अध्यक्ष ढकालले सूचना प्रविधिको उच्चतम प्रयोग र सदाचार काम गर्न सबैले पहल गर्नुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ