वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शहीद परिवारलाई रोजगारी सुनिश्चित गर्ने नवनियुक्त उद्योग सिन्हाको घोषणा

अर्थटुडे
२०८२ आश्विन ६, सोमबार

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले आफ्नो पहिलो निर्णयमार्फतै शहीद परिवार र आन्दोलनमा घाइते भएकाहरूको रोजगारी सुनिश्चित गर्ने घोषणा गरेका छन् । सोमबार सिंहदरबारस्थित मन्त्रालय पुगेर औपचारिक रूपमा कार्यभार सम्हालेका मन्त्री सिन्हाले सरकारी निकायमा प्रयोग हुने फर्निचर र निर्माण सामग्रीमा स्वदेशी उत्पा दनलाई प्राथमिकता दिने निर्णय पनि गरेका हुन् ।

सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति मात्र नभई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा कानुन, न्याय र संसदीय मामिला मन्त्रालयको जिम्मेवारी समेत दिइएको छ । मन्त्रीको पहिलो निर्णयलाई राजनीतिक मात्र नभई सामाजिक दृष्टिले समेत महत्त्वपूर्ण संकेतको रूपमा हेरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ