काठमाडौं। चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा मंगलबार दिउँसो ठूलो सुक्खा पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द गरिएको छ। मंगलबार दिउँसो करिब ३स्२० बजे खसेको पहिरोले सडक भासिने उच्च जोखिम बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कार्यलयका अनुसार निरन्तर पहिरो खसिरहेका कारण तत्काल सडक खुल्ने सम्भावना छैन। तुइनखोलामा अत्यन्तै ठूलो सुक्खा पहिरो खसेको छ। सडक नै भासिन सक्ने खतरा भएकाले तत्काल खोल्न नसकिने जनाइएको छ।
पहिरो गएपछि सडक विभागको प्राविधिक टोलीसहित सुरक्षा समितिको बैठक भइरहेको छ। सडक अवरुद्ध भएपछि सवारीसाधनहरूलाई फिर्ता पठाइएको छ भने यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
प्रतिक्रिया