काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारको सम्बोधनमा बोल्दै घर तोडफोडका क्रममा भेटिएका रकमबारे समेत अनुसन्धान सुरु गरिएको बताइन्। ‘हालै भएको जेन्जी आन्दोलनमा नेताका घरघरमा पैसा भेटिएको विषयमा र भ्रष्टचारको विषयमा आवश्यक छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याइने छ’ प्रधानमन्त्री कार्कीले भनिन् ।
यस्तै उनले जेन्जी आन्दोलनका क्रममा क्षति पुगेका संरचनालाई पुनःस्थापनाका लागि देश–विदेशका संघसंस्था, समुदाय र आम नागरिकसँग सहयोगको अपिल गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले कठिन घडीमा सबै नेपालीले हातेमालो गर्दै जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएकी छन्। उनले जेनजी आन्दोलनका आवाजलाई गम्भीरतापूर्वकका साथ लिएर एकतापूर्वक अघि बढ्न नागरिकलाई आग्रह गरेकी छन्।
यस्तै सरकारले बजेट खर्चलाई प्राथमिकता दिँदै साना–साना टुक्रिएका योजनाको खर्च कटौती गरेको छ । यससँगै, सरकारले दुर्गम क्षेत्रमा टेलिफोन र इन्टरनेट सुविधा विस्तार गर्ने कार्यलाई तीव्रता दिने योजना समेतअघि सारेको छ।
प्रतिक्रिया