काठमाडौं, १२ असोज । सागर डिस्टिलरी लिमिटेडको साधारण सेयर ९आईपीओ० बाँडफाँट सम्पन्न भएको छ। गोलाप्रथा प्रक्रियामार्फत १ लाख १९ हजार ६४ जना लगानीकर्ताले प्रतिव्यक्ति १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
कम्पनीले ३० भदौदेखि ९ असोजसम्म सर्वसाधारणका लागि ११ लाख ९० हजार कित्ता सेयर बिक्री खुला गरेको थियो। प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँ तोकिएको सेयरमा अत्यधिक माग परेको थियो।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कुल २२ लाख २७ हजार ५३ जनाले आवेदन दिएका थिए। तीमध्ये २१ लाख ९३ हजार ८२३ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन अस्वीकृत भएका छन्।
मागभन्दा धेरै आवेदन परेकाले सेयर बाँडफाँट गोलाप्रथा प्रणालीमार्फत गरिएको हो। बाँडफाँटको नतिजा सीडीएससीको आधिकारिक आईपीओ रिजल्ट पोर्टलमार्फत हेर्न सकिने छ।
प्रतिक्रिया