वि.सं. २०८२ कार्तिक १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य ऐतिहासिक उचाइमा

अर्थटुडे
२०८२ आश्विन १२, आईतवार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलाको २ लाख २३ हजार २ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

यसअघि ८ असोजमा सुनको भाउ तोलामा २ लाख २३ हजार पुगेको थियो। केही दिन घटेको मूल्य आइतबार पुनः उक्लँदै नयाँ कीर्तिमान बनाएको हो।

शुक्रबारको तुलनामा प्रतितोला ७ सय रुपैयाँले बढेको सुनसँगै चाँदी पनि ऐतिहासिक स्तरमा पुगेको छ। आज चाँदीको मूल्य तोलामा २ हजार ८ सय १० रुपैयाँ कायम भएको छ, जुन शुक्रबारको तुलनामा ७० रुपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३ हजार ७५९ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ