वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नयाँ गाडी खरिदमा रोक

अर्थ मन्त्रालयले जलेका सरकारी सवारी मर्मत गरायो

अर्थटुडे
२०८२ आश्विन १२, आईतवार

काठमाडौं । अर्थ मन्त्रालयले जेनजी युवा आन्दोलनका क्रममा क्षतिग्रस्त भएका २९ वटा सरकारी गाडी मर्मत गरेको छ। यसका लागि झण्डै २३ लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ।

यसैबीच, मन्त्रालयले यस आर्थिक वर्ष नयाँ सवारीसाधन नकिन्ने निर्णय गरेको छ। निर्वाचन प्रयोजनबाहेक अन्य निकायलाई नयाँ गाडी खरिदमा रोक लगाइएको छ।

मन्त्रालयका अनुसार चारपांग्रे सवारीसाधनको तत्काल मर्मत गर्न कोटेसन आह्वान गरिएको थियो। सो क्रममा जगन्नाथ अटो केयर, सिनामंगलले २२ लाख ७८ हजार ९५० रुपैयाँमा सबैभन्दा कम मूल्यको प्रस्ताव गरेको र त्यसै मार्फत मर्मत गरिएको हो।

गत भदौ २३ र २४ गतेको प्रदर्शनमा जेनजी आन्दोलनकारीले सरकारी गाडीमा आगजनी गरेका थिए। प्रारम्भिक विवरणअनुसार काठमाडौंमा मात्र ४४१ वटा चारपांग्रे र ६०१ वटा दुईपांग्रे गरी १ हजार ४२ वटा सरकारी गाडी क्षतिग्रस्त भएका छन्। निजी गाडीमा भएको क्षतिको विस्तृत विवरण भने अझै संकलन भइरहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ